काठमाडौं। नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब रुपैयाँको कफी तथा चिया निर्यात गरेको छ । भन्सार विभागका अनुसार ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गरेको हो ।
७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गर्दा ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको आयात गरेको छ ।
नेपालले अन्य कृषिजन्यवस्तुमा घाटा ब्यहोरेपनि कफी, चियामा नाफा निकालेको छ । ६ महिनाको अवाधिमा १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ ब्यापार नाफा देखिएको विभागले जनाएको छ । सरकारले सो कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालबाट अस्ट्रेलिया, फ्रेन्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायत मुलुकबाट आयात गरिने विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कफीको मूल्य सन् १९७७ यताकै उच्च
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
महाभारतमा उत्पादित कफी जापान निर्यात