काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज एपीएफ र त्रिभुवन आर्मी, बागमती र गण्डकी प्रदेश तथा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
जसअन्तर्गत एपीएफ र आर्मीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ चार खेलबाट ४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ भने समान खेलबाट ४ अङ्क नै रहेको आर्मी पाँचौँ स्थानमा छ ।
यस्तै, बागमती प्रदेश र गण्डकी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे हुनेछ । प्रतियोगितामा ६ खेलबाट ८ अंक बनाएको बागमती तालिकाको दोस्रो स्थानमा रहेको छ । चार खेल खेलेको गण्डकी २ अंकका साथ आठौँ स्थानमा छ ।
यसैगरी, काठमाडौँको मूलपानी क्रिकेट मैदानमा कर्णाली र कोशी प्रदेश भिड्ने छन् । यी दुई टोलीबीचको खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।
अहिलेसम्म ५ खेलबाट ४ अंक जोडेको कर्णाली प्रदेश सातौँ स्थानमा छ भने ६ खेल खेलेको कोशी प्रदेश अंक विहीन रहँदै पुछारमा छ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा सात प्रदेशसहित १० टोली सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि
पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
पुलिस क्लब प्रधानमन्त्री कपको फाइनलमा
कर्णालीविरुद्ध आसिफले बनाए शतक
प्रधानमन्त्री कप : कर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य
प्रदीपको ६ विकेटमा मधेशको रोमाञ्चक जित