काठमाडौं । युवा ब्याटर मयन यादवको शतक, अनिल साह र पवन सर्राफको अर्धशतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ३२० रनको विशाल लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१९ रन बनायो । मधेशका मयन यादवले १२८ बलमा ८ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेले । उनी शेर मल्लको ४८ औं ओभरको पहिलो बलमा डिप मिडविकेटमा किरण ठगुन्नाबाट क्याच आउट भए । मयनको यो करिअरको पहिलो शतक हो ।
ब्यक्तिगत ५० रनमा टेक रावत र ५१ रनमा विकाश आग्रीले क्याच छाड्दै शतक यात्रा सहज बनाइदिएका थिए । मधेशका अनिल साह र पवन सरार्फले पनि उत्कृष्ट ब्याटिङ गरे । तर शतकमा परिणत गर्न सकेनन् । पवन सरार्फ ६३ बलमा ४ चौका र ४ छक्कासहित ७० रनमा आउट भए । ओपनर अनिल साह ७० बलमा ६ चौका र २ छक्कासहित ६९ रनमा आउट भएका थिए ।
ओपनर हरिशंकर साहलाई नारायण जोशीले १२ रनमा बोल्ड आउट गरेका थिए । त्यो समय मधेश १८–१ को अवस्थामा छ । दोस्रो विकेटका लागि अनिल र मयनले १०६ रनको शतकीय साझेदारी गरे । त्यसपछि पवन र मयनले १२७ रनको साझेदारी गरेपछि विशाल योगफलको आधार तय गरेका थिए ।
रुपेश सिंह २१, अभिषेक तिवारी १६, राहुल मण्डल र निरज यादवले १-१ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा ६५ रन खर्चेर ४ विकेट लिए । विकाश आग्रीले २, नारायण जोशी र गजेन्द्र बोहराले १-१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि
पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
पुलिस क्लब प्रधानमन्त्री कपको फाइनलमा
कर्णालीविरुद्ध आसिफले बनाए शतक
प्रधानमन्त्री कप : कर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य
प्रदीपको ६ विकेटमा मधेशको रोमाञ्चक जित