मोटरसाइकल दुर्घटना : डाक्टरी पढ्दै गरेका २ युवाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, १० : ००
मोटरसाइकल दुर्घटना : डाक्टरी पढ्दै गरेका २ युवाको मृत्यु

वीरगञ्ज । पर्साको वीरगञ्जमा डाक्टरी पढ्दै गरेका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। 

आइतबार वीरगन्ज– १५ भिस्वामा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वीरगन्वस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव र बाराको सुवर्णपुरका २३ वर्षीय सञ्चित यादव छन्। उनीहरु दुवै एमबीबीएस दोस्रो वर्षका विद्यार्थी भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

दुवै युवकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ।