दोलखा। दोलखाको भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ ।वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो ।
तालिमपश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न सफल भएका उनले बताए । ‘यो अभियानमार्फत वडाका युवालाई रोजगारतर्फ लैजान शुरू गरिएको अभियान प्रभावकारी भएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताए । चालू आर्थिक वर्षमा २० जनालाई रोजगारका लागि तालिम दिँदा १० जना सफल भएर ड्राइभर बन्न लागेकाले तालिम उपलब्धिमूलक भएको उनको भनाइ छ।
भीमेश्वर–४ का वडाध्यक्ष चौलागाईंले वडाको बजेटबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत तीन पाङ्ग्रे, चार पाङ्ग्रे बोलेरो, ट्याक्सी, अटो ट्याम्पु चलाउन सक्ने गरी तालिम दिइएको बताउँदै यसबाट स्वदेशमै रोजगारीका अवसर सृजना भएको जानकारी दिए । ‘तालिमका प्रमाणपत्र दिनका लागि मात्रै आयोजना गरिएको छैन’, उनले भने ।
नगरप्रमुख मानन्धरले तालिमको अनुगमन गरी सीपमूलक ज्ञानको मूल्याङ्कन गरेर मात्रै उनीहरूलाई नगरपालिकाले प्रमाण पत्र वितरण गरेको बताए ।नगरप्रमुख मानन्धरले तालिममा सहभागीले चलाएको अटो ट्याम्पुमा यात्रा गरेर सीप परीक्षण गरेको वडाध्यक्ष चौलागाईंले जानकारी दिए ।
तालिममा सहभागी स्थानीय पार्वती श्रेष्ठले भनिन्, ‘यो तालिम अत्यन्तै जीवन उपयोगी भएको छ । विदेश जाने योजनामा थिएँ, अब स्वदेशमा नै ड्राइभर भएर जीविकोपार्जन गर्ने हो ।’ उनी जस्तै तालिममा सहभागी अधिकांश उत्साहित छन् ।
वडाले चालक अनुमतिपत्र लिएर आएका तालिममा सहभागीलाई तीन पाङ्ग्रे सावारी किन्न ४० प्रतिशत अनुदान दिने योजना बनाएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा ८ महिनामा ९ सय ५० सवारी चालक कारबाहीमा, ९ लाख ९३ हजार राजस्व सङ्कलन
सुदूरपश्चिममा १० महिनामा ६३ हजार सवारी चालकलाई कारबाही, ४ करोड राजस्व सङ्कलन
उपत्यकामा दुई सय ४१ सवारी चालक कारबाहीमा