काठमाडौं। राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा प्रतिनिधि पठाउने निर्णय गरेको छ ।समितिका संयोजक एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा शनिवार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय सभा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा समितिबाट प्रतिनिधि पठाउने निर्णय भएको समिति सचिव केशवराज जोशीले जानकारी दिए ।उनका अनुसार सातै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे आजको बैठकमा छलफल भएको थियो ।
सत्ता पक्षीय गठबन्धन राजनीतिक दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय समन्वय समिति गठन गरेका थिए ।
लेखक संयोजक रहेको समितिमा माओवादी केन्द्रका वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टीका मनीष सुमन सदस्य छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : सकियो मतदान, आजै नतिजा आउने
राष्ट्रिय सभा निर्वाचन : बागमतीमा मतदान जारी
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध