पोखरा । मङ्सिरसम्म उडानको १२ हजार रुपियाँ लिँदै आएका पोखराका प्याराग्लाइडिङ कम्पनी अहिले सस्तोमा उडान भन्दै विज्ञापन गरिरहेका छन् ।
उडानमा रहेको एकद्वार प्रणाली हटेपछि अहिले कम्पनीहरूले तीनदेखि चार हजार रुपियाँ उडान गरिरहेका हुन् । प्याराग्लाइडिङ व्यवसायीबिचको विवादले खुला प्रणालीमा गएपछि उडान शुल्क ७५ प्रतिशतसम्म घटेको हो ।
गएको मङ्सिर अन्तिम साता २१ कम्पनीले उडानमा खुला प्रणाली माग्दै व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) मा निवेदन दिएका थिए । व्यवसायीको मागबमोजिम खुला प्रणालीमा जाने निर्णय लिएपछि बढेको विवादले दुई साता उडान नै ठप्प बनेको थियो ।
नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा व्यवसायी आफैँले मूल्य तोकेर उडान गर्न सहमत जुटेपछि पुस १५ देखि फेरि उडान सुरु भएको थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ माघ २०८०, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी