काठमाडौं। सिमकोट–जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई हुम्लाको सिमकोट गाउँपालिकाले रु एक–एक लाख प्रदान गरेको छ । भूकम्पमा ज्यान गुमाएका र पीडित परिवारलाई आर्थिक सहयोगस्वरुप सिमकोट गाउँपालिकाले आज जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई रु एक–एक लाखको चेक सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, गाउँपालिका लेखा प्रमुख विशाल बोहराले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।
विपद्का बेला सहयोग गर्नु मानवीय धर्म भएको र थोरै भए पनि पीडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । सिमकोट गाउँपालिकाले जिल्ला र जिल्ला बाहिरका भूकम्प, आगलागी, बाढीपहिरोलगायत विपद्मा परेकालाई सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
भूकम्पपीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने जापानी प्रधानमन्त्री किशिदाको घोषणा
भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन