सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । प्रहरीले बिहीबार बिहान १० बजे उनलाई कैलालीको टिकापुर-१ देखि पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आरोपमा हेटौंडाबाट ७ जना किशोर पकाउ
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ
१३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट