काठमाडौँ । प्युठानको ऐरावती गाउँपालिका पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत कोषमा आबद्ध भएको हो ।
सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका उप कार्यकारी निर्देशक विवेक पन्थी र गाउँपालिकाकाका तर्फबाट अध्यक्ष नबिलविक्रम शाहले संयुक्त रूपमा कोषको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कोषमा आबद्ध हुनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे लगत्तै गाउँपालिका अध्यक्ष शाहले आफ्नो गाउँपालिकामा रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई चालू आर्थिक वर्षबाट नै कोषमा आबद्ध गर्ने प्रक्रिया सुरुवात गर्ने प्रतिबद्धता जनाए । त्यसका लागि गाउँपालिकाले तत्कालै सूचना जारी गरेर श्रमिकबाट आवेदन माग गर्ने कार्यको थालनी गर्ने उनको भनाइ छ ।
कोषका उप कार्यकारी निर्देशक पन्थीले जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याको समुचित सम्बोधन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना अपरिहार्य भएको बताउँदै गाउँपालिकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानमा पहिलो पटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने
सामाजिक सुरक्षा कोषमा कति छ पैसा ?
सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध
सामाजिक सुरक्षा कोषले एकैपटक गर्यो ३२ स्थानीय तहसँग सम्झौता