एमसीएले गर्‍यो विद्युत् प्रसारण आयोजनाका क्रममा हटाउनुपर्ने रुखको गणना

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १५ : ४९
एमसीएले गर्‍यो विद्युत् प्रसारण आयोजनाका क्रममा हटाउनुपर्ने रुखको गणना

काठमाडौं। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले विद्युत् प्रसारण आयोजनाका क्रममा हटाउनुपर्ने रुखहरूको गणना गरेको छ ।दुई नवलपरासी (बदर्घाट सुस्तापूर्व र बदर्घाट सुस्तापश्चिम) जिल्लामा मंगलवार रुख गणना सम्पन्न गरिएकाे एमसीएले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ ।

आयोजना कार्यान्वयनका क्रममा विभिन्न सामुदायिक, कबुलियती र सरकारी वन क्षेत्रबाट हटाउनुपर्ने रुखहरूको सङ्ख्या यकिन गर्न गणना गरिएको एमसीएले जनाएको छ।एमसीए अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको संस्था हो ।

प्रतिक्रिया दिनुहोस