काठमाडौं । थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी चन्द्रागिरी नगरपालिका-४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले जानकारी दिए ।
मृत्यु हुनेमा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतम छन् ।
६ वर्षीया स्मारिका गौतम घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको डीएसपी अधिकारीले जानकारी दिए।
मृतकको शव र गाडी निकाल्ने कार्य जारि रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा कार दुर्घटना: २ नेपालीको मृत्यु, एक घाइते
डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
सांसद अब्दुल खान चढेको कार दुर्घटना
कार दुर्घटनामा श्रीलङ्काका पूर्वकप्तान घाइते, अस्पताल भर्ना
थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, ४ जनाको मृत्यु