काठमाडौँ । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औँ वार्षिक साधारण सभामा बोल्दै ढकालले आफू जिल्लाका व्यवसायीहरूका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरूमा जाँदा पनि व्यवसायीहरूले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रूपमा उठाइरहेको बताएका हुन् ।
उनले उत्कृष्ट व्यवसायी सम्मान (सीआईपी) का क्रममा पनि आफूहरूले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । उनले व्यवसायीको सम्मानको लागि सामान्य नीति बनाएर लागू गर्न सकिने बताए । यस्तो नीति बनाउन सरकारी खर्च नहुने उनको भनाइ छ ।
कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको बताए । अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरू निकायहरूको बिचमा छलफल भइरहेको भन्दै कसरी टुङ्गोमा पुग्ने भन्ने कुराको छलफल जारी रहेको बताए ।
उनले चाँडै नै उद्योगीहरूको समस्या समाधानका लागि प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरू सम्बन्धित निकायहरूसहितको बैठक बोलाउने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक छ: अध्यक्ष ढकाल
चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्र ढकाल
स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
सीआईपी सम्मान दिने निश्चित मिति घोषणा गरौँ : अध्यक्ष ढकाल
महासङ्घ अध्यक्ष ढकालको आग्रह– सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखौँ