काठमाडौ । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउनेगरी कुनै पनि काम नगरेको बताएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले आज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सरकारले मध्यमस्तरको काम भने गरिरहेको बताएका हुन् ।
'हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौं त्यो छलफल हुने नै छ,' उनले भने, 'वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिनँ । सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउनेगरी कुनै पनि काम गरेको छैन ।'
उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताए । पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उनले बताए ।
जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको खड्काको भनाइ छ ।
उपसभापति खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायत क्षेत्रमा भएका विकास कांग्रेसको नेतृत्वमा भएको भन्दै कमीकमजोरी सुधार गर्दै जाने पनि उल्लेख गरे । सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : नारायणकाजी श्रेष्ठ
उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड
उपप्रधानमन्त्री यादव अमेरिका प्रस्थान
कालीबहादुर खामका केटाहरूबाट असुरक्षा भएको भन्दै गृहमन्त्रीसमक्ष रमिलाको गुनासो
राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको गृहमन्त्री लामिछानेको दाबी