काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टीकाराज राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
घुस लिएको आरोपमा पक्राउ परेका राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
थपलियाका अनुसार उनीहरूलाई गत मंसिर १४ गते अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
राई र सुनुवारले आपसी मिलोमतोमा नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ घुस लिएको आयोगको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली प्रमाणपत्र पेस गर्ने प्रशिक्षकविरुद्ध मुद्दा दायर
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारलाई हर्क साम्पाङको जवाफ: श्रमदान अभियानको खेदो नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला
तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर