नेपाल एसबिआई बैंकका ग्राहकलाई ओम कृष्ण अस्पतालमा छुट

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १० : ४५
नेपाल एसबिआई बैंकका ग्राहकलाई ओम कृष्ण अस्पतालमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टिकापूर, कैलालीबीच एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिड कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई उक्त अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतामा सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाइं) ले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्ण पर्साद उपाध्याय बजगाइं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस