काठमाडौं। नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
दाङको लमही, कपिलवस्तुको जीतपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारी चोक, उदयपुरको बेलटार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको बैंककी अध्यक्ष जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी काठमाडौंबाट भर्चुअल्लरूपमा उद्घाटन गरेकी हुन् ।साथै तनहुँको दुलेगौंडा शाखा भने उनले भौतिक रूपमा उद्घाटन गरेकी हुन् ।
उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, सञ्चालक पिनाकीनाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरु तथा ग्राहकहरूको उपस्थिति थियो ।
बैंकले यस नयाँ शाखा सञ्चालनबाट ग्राहकहरूमा सहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
बैंकले अहिले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १३ : ४२
लेखकबाट थप