काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जयशंकरले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
राष्ट्रपतिसँग शीतल निवासमा भेट गरेका जयशंकरले त्यसपछि प्रधानमन्त्री प्रचण्डसँग भेटेका हुन् ।आज बिहान १० बजे काठमाडौँ अवतरण भएका जयशंकरको आजको दिनभर व्यस्त छ । प्रधानमन्त्रीसँगको भेटमा ऊर्जा व्यापार देखी विभिन्न सम्झौताका विषयमा छलफल भएको बताइएको छ ।
जयसंकरले नेपाली समकक्षी एनपी साउदसँगको भेटमा सम्झौता गर्नेछन् । त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय विदेश मन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबिच भेटवार्ता
जयशंकरले गरे पशुपतिनाथको दर्शन,परिसरमा वृक्षारोपण
भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन, परिसरमा वृक्षारोपण
ओली र जयशंकरबीच द्वारिकाज होटलमा भेटवार्ता
यस वर्षको पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : जयशंकर
काठमाडौँ आइपुगे भारतका विदेशमन्त्री जयशंकर