काठमाडौँ । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै अध्यागमनका कर्मचारी आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले यसबारे छलफल गर्ने भएको छ ।
घटनाप्रति ध्यानाकर्षण भएको भन्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुवै पक्षलाई छलफलका लागि मन्त्रालयमा डाकेका छन् । कामै ठप्प पार्ने गरी कर्मचारीले आन्दोलन गर्नुको कारण र प्रहरी चेकजाँचबाट उठेका प्रश्नका विषयमा गृहमन्त्रीले दुवै पक्षसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि अध्यागमन कार्यालयका अधिकारी र प्रहरी अधिकारी मन्त्रालय पुगेका छन् । छलफलको तयारी भइरहेको अध्यागमन विभागका सूचना अधिकारी प्रेम प्रसाद दहालले जानकारी दिए ।
विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै गृह मन्त्रालय, अध्यागमन विभाग लगायतमा ज्ञापन पत्र बुझाएका छन् भने बुधवार केही समय विमानस्थलमा काम रोकेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, ११ : ३४
लेखकबाट थप