एजेन्सी । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ ।
प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे–म्युङमाथि उनीमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनको घाँटीको देब्रे भागमा चक्कु प्रहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ । आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ पुस २०८०, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य विवादमा साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
सिड्नीको सपिङ मलमा चक्कु र गोली प्रहार