काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् । महेन्द्र पुलिस क्लबमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ पुगेर रिहा गरेको जनमतले जनाएको छ ।
जनमतले ‘राष्ट्रिय धोती दिवस’ को र्याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि अनितासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिन, पक्राउ परेकाहरूलाई छाड्नुपर्नेलगायतका माग राखेर मन्त्रीले अनसन पनि थालेकी थिइन् ।
निषेधित क्षेत्र माइतीघरमा जान लागेपछि मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलगायत करिब सय जनालाई पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १६ : ०२
लेखकबाट थप