कर्मचारी युनियनले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ११ लाख बढीको चेक

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, १९ : २९
कर्मचारी युनियनले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ११ लाख बढीको चेक

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेको छ । 

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिले बिहीबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरूका लागि राहत कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेको हो । 

प्रधानमन्त्रीसँगको भेटका क्रममा कर्मचारीहरूले संघीय निजामती सेवा ऐनका विषयमा चासो राखेको थियो । आफ्ना अधिकार कटौती नहुने गरी ऐन ल्याउनु पर्नेमा उनीहरूको जोड थियो ।

प्रतिक्रिया दिनुहोस