काठमाडौं। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् ।
संघीय सरकारले धरानलाई महत्त्व नदिएको गुनासो गर्दै साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्वीर कार्यकक्षबाट हटाएका हुन् ।उनले त्यस स्थानमा किराँतहरूका प्रथम राजा यलम्बरको तस्वीर राखेका छन् ।
संघ, प्रदेश र स्थानीय तह एवं मातहतका कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ ।साम्पाङले राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर कार्यकक्षबाट हटाउने घोषणा ट्विटरमार्फत गरेका थिए ।
'अबदेखि मेरो कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ, त्यो दिन पुन: उनीहरूको फोटो टाँस्नेछु । जय देश !' साम्पाङले लेखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजनबिनाको मान्छेलाई नेता नसम्झनु ! त्यो ठग हो: हर्क साम्पाङ
मन्त्री यादवलाई हर्कको जवाफः म फर्किएपछि बर्बराएको सुहाएन, काम गरेर देखाऊ, बधाइ दिनेछु
खानेपानीको समस्या लिएर मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
प्रहरीले खोस्यो हर्कको गाग्री
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मेवारी
हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण