काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । सोमवार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् ।
उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरू विदेशिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए । उनले कामदारका रूपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान् व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए ।
उनले देशको कुल जनसङ्ख्यामध्ये युवाहरूको जनसङ्ख्या धेरै रहेको उल्लेख गर्दै देशेको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए । मन्त्री साउदले काम गर्ने जनसङ्ख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताए । उनले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराए ।
उनले भने,‘धेरै पढे, लेखेका मान्छेहरू डाक्टर, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री उनीहरू पनि बाहिर गइरहेका छन् । र कामदार वर्गपनि बाहिर गइरहेका छन् । यो अत्यन्त ठूलो लगानी भएको बुद्धिजीवी वर्ग बाहिर जान्छ त्यसलाई हामी ब्रेन ड्रेन भन्छौँ । जसमा हामीले लगानी धेरै लगाएका हुन्छौँ । अर्को ठाउँको भिसा पाएर अर्को देशमा काम गर्यो भने हाम्रो लगानीमा त्यो मेनपावर अर्काले प्रयोग गर्न पायो । त्यो मेनपावर यदि नेपालमै राख्न सकेको भए नेपालमै प्रयोग गर्न सकेको भए डाक्टरको हकमा स्वास्थ्यको क्षेत्रमा बिरामीहरूले उपचार पाउँथे । इन्जिनियरको हकमा विभिन्न संरचनाका काम हुन्थेँ । अर्थशास्त्रीको हकमा आर्थिक गतिविधिलाई त्यसले बढाउँथ्यो । बिजनेस सेक्टरको मेनपावर भए त्यसले व्यापारिक सम्भावनाहरूमा अगाडी बढ्थ्यो । तर हाम्रो स्कील्ड र क्षमता बनेको, दिएको, भएको शक्ति बाहिर जाँदाखेरी हाम्रो मुलुकलाई क्षति भइरहेको छ । हाम्रो देशमा युवाको जनसङ्ख्या धेरै छ । कुनैपनि देशको समग्र जनसङ्ख्याभित्र युवाहरूको हिस्सा सबभन्दा ज्यादा हुन्छ । कुनैपनि देशले विकास गर्ने त्यही बेला हो । आर्थिक विकासमा त्यही बेला देशले फड्को मार्न सक्नुपर्छ । आर्थिक विकासको सन्दर्भमा पनि देशले फड्को मार्नुपर्ने बेला यही हो । यसपछि तपाई हामी बुढा हुँदै गइसकेपछि फेरि बसी खाने बेला आउँछ । जनसङ्ख्या बसी खाने भएपछि आर्थिक गतिविधि कम हुन्छ । विकास कम हुन्छ । त्यसकारण अहिले काम गर्ने बेला हो भन्नेतिर ध्यानाकर्षण गर्न चाहन्छु ।’
मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताए । उनले राज्यका सबै क्षेत्रहरूमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान