काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गए राति आगजनी भएको छ । उपमेयर रेनु कुमारी महतो चढ्ने प्र २-००२-०००१ झ ०००५ नम्बरको बुलेरो गाडीमा आगजनी भएको हो ।
गौशाला नगरपालिका-१ रामनगर स्थित उपमेयरको घरमा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर आगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुन बाटा जोगिएको हो ।
उपमेयर महतोले अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको बताइन् । उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ । थप अनुसन्धान भइरहेको उपमेयर महतोले बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १० : ५७
लेखकबाट थप