काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै भ्रष्टाचारका फाइल खोल्ने बताएका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार पार्टीको पदाधिकारी बैठकमा बोल्दै सरकारलाई अझै सशक्त बनाउन भ्रष्टाचारको नयाँ फाइल खोल्ने बताएका हुन् ।
‘सरकार बनेको एक वर्ष भएको छ । अब सरकारलाई अझै प्रभावकारी बनाउँछु भन्ने संकल्प प्रधानमन्त्रीले गर्नुभएको छ,’ माओवादी नेता देवेन्द्र पौडेलले भने, ‘यसअघि पनि भ्रष्टाचारविरोधी अभियान थालेको र फेरि पनि भ्रष्टाचारका फाइल खोल्छु भन्नुभएको छ ।’
प्रधानमन्त्रीले एक वर्षमा सरकारले सुशासन र नागरिकका सरोकारमा पक्षमा काम गर्न खोजेको बताएका थिए । कतिपय काम अझै अधुरा रहेको भन्दै प्रभावकारी भएर काम गर्न मन्त्रीलाई निर्देशन दिएको बिफ्रिङ पनि बैठकमा प्रचण्डले गरेका थिए ।२०७९ पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
फागुनमा विधान सम्मेलन
माओवादीले आगामी फागुनको पहिलो साता विधान विधान सम्मेलन गर्ने निर्णय पनि गरेको छ । एक महिने छलफल चलाएर रिपोर्ट दिने गरी सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको पौडेलले जानकारी दिए ।उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा मस्यौदा समिति गठन भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड
विपद्को बेलामा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेला विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डलाई ६३ जना सांसदको मात्र समर्थन !
अल्पमतमा परेका प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मा
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री प्रचण्ड