काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले क्रिश्चियन धर्मबारे आफूले असहिष्णु बयान नदिएको बताएका छन् ।एक कार्यक्रममा मन्त्री किराँतीले ‘क्रिश्चियनलाई नमान्नु संविधान नमान्नु हो । संविधान नमान्ने देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्नुपर्छ’ भनेर दिएको अभिव्यक्ति विवादित बनेको थियो ।
जिम्मेवार मन्त्रालयमा बस्नेले सांस्कृतिक भड्काउ आशयको अभिव्यक्ति दिएपछि किराँतीको आलोचना भएको थियो । त्यसपछि उनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो जोड अतिवादलाई परास्त गरौं भन्ने रहेको बताएका हुन् ।
‘बहसको लागि सबैलाई धन्यवाद ’! संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,' उनले लेखेका छन्, 'भन्नलाई त मलाई : पशुपतिनाथ सफा गर्दा हिन्दू भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौं । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’
किराँतीको अभिव्यक्तिपछि राप्रपा, रास्वपासहितका दलले आपत्ति जनाएका छन् । रास्वपा सभापति रवि लामिछानेले उनको राजीनामा नै मागेका छन् ।सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि किराँतीको अभिव्यक्तिको विरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री निवास छाड्दै किरातीले भने: ‘पस्दा धेरै डर लागेको थियो, निस्कँदा खुसी छु’
सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्छ : मन्त्री किराँती
काठमाडौँको एयरपोर्ट जतिसुकै बनाए पनि परिणाम दिँदैन : मन्त्री किराती
आफ्नै बोलीका कारण विवादमा फसे मन्त्री किराती
मरिणाम नदिने संस्थाहरू पुनर्संरचना गर्ने समय आएको छ: मन्त्री किराती