काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ । सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको रास्वपा फेरि सरकारमा सहभागी हुन लागेको हो ।
रास्वपकाको पार्टी पदाधिकारी र संसदीय दलको बैठकमा अधिकांश नेताहरुको राय सरकारमा सहभागी हुने पर्ने रहेको रास्वपा निकट स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्डले पनि रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको उनी निकट स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह र श्रम मन्त्रालय दिन तयार भएको बताइएको छ । तर, रास्वपाको कानुन वा स्वास्थ्य मन्त्रालयको नेतृत्व पनि पाउनुपर्ने अडान रहेको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले पनि रास्वपा र प्रचण्डबीच सरकारमा सहभागी हुने विषयमा संवाद भइरहेको बताए । उनले मन्त्रालयको भागबण्डामा कुरा नमिलेको समेत खुलासा गरे । अहिले सरकारको तीब्र आलोचना गरिरहेको रास्वपा सरकारमा सहभागी भएपछि उसले यही सरकारलाई राम्रो र रामराज्य ठान्ने नेता दाहालको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित
सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने
सामाजिक सञ्जाल नियमन विधेयक : कुन कसुरमा कस्तो सजाय प्रस्ताव ?
प्रतिवेदन सार्वजनिक नगरेकोमा अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
सुचनाको हक कार्यान्वयन गर्न सरकारको स्थानीय तहलाई सर्कुलर