काठमाडौ । जल तथा मौसम विज्ञान विभागले चिसो बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिमपात तथा देशभरको तापक्रम घट्ने क्रममा रहेको र यसबाट स्वास्थ्यमा असर पर्न सक्नेतर्फ सचेत गराउँदै विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको हो ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । अहिले लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
चिसोले सर्लाहीको जनजीवन कष्टकर
बाँकेमा चिसोले जनजीवन प्रभावित
चिसो बढेपछि गौरका विद्यालय ३ दिनका लागि बन्द
चिसोले तराई-मधेसको जनजीवन प्रभावित
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध