हरर फिल्म अभिनय गर्दै काजोल

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०८०, ११ : १९
हरर फिल्म अभिनय गर्दै काजोल

मुम्बई । बलिउड अभिनेत्री काजोलको यो वर्ष २ फिल्म आयो  । एक ‘लस्ट स्टोरीज २’ र अर्काे ‘द ट्रायल’ । आउँदो वर्षपछि काजोलको दुई फिल्म रिलिज हुँदैछ ।यसैबीच चर्चा छ काजोल अर्को नयाँ फिल्ममा जोडिएकी छन् । यो फिल्म मार्फत उनी पहिलो पटक हरर जनरामा काम गर्दैछिन् ।

रिपोर्टका अनुसार फिल्मको नाम ‘मां’ हो । फिल्म ‘छोरी’का निर्देशक विशाल फुरियाले निर्देशन गर्न लागेका हुन् । फिल्म अजय देवगनको ब्यानरमा बन्न लागेको हो । फिल्मको कथा एक आमा वरिपरि घुम्नेछ । तर निर्माण युनिटले यस बिषयमा धेरै जानकारी सार्वजनिक गरेको छैन । फिल्म २०२४ भित्र फ्लोरमा जानेछ ।

भारतीय मिडियाका अनुसार काजोलले अहिलेसम्म हरर जनगरको फिल्म अभिनय गरेकी छैनन् । त्यसैले उनको यो पहिलो हरर फिल्म हुनेछ । फिल्मका लागि काजोल पनि एक्साइटेट रहेको बताइन्छ ।

यो फिल्मको अलवा काजोलका साथमा केही अन्य प्रोजेट पनि छन् । उनी अहिले मलयालम सुपरस्टार पृथ्वीराज सुकुमारनसँग एक नयाँ प्रोजेटमा काम गरिरहेकी छन् । यसको अलवा करज जौहरको फिल्म ‘सरजमीन’मा पनि काम गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस