काठमाडौँ । अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भक्तपुर प्रहरीले बिहीबार सुर्यविनायक नगरपालिका–१० बाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा इलाम घर भएका ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर घर भएका ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् ।
उनीहरुको साथबाट ५ राउण्ड गोलीलोड भएको म्याग्जीनसहितको पेस्तोल र लागुऔषध खैरौ हेरोइन ५ ग्राम फेला परेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनीहरुमाथि आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
जङ्गी अड्डामा हतियारसहितको बृहत् प्रदर्शनी हुँदै, प्रवेश नि:शुल्क
आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
अमेरिकाले ताइवानमा पठायाे ३८ वटा खतरनाक हतियार
हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार