पूर्वमिस नेपाल श्रृंखलाले सम्भवसँग कसिन् लगनगाँठो

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, १२ : ५०
पूर्वमिस नेपाल श्रृंखलाले सम्भवसँग कसिन् लगनगाँठो

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियासँग लगनगाँठो कसेकी हुन्। काठमाडौंको हायात होटलमा चलिरहेको विवाह समारोहमा श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ । श्रृंखला र सम्भवले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस