काठमाडौं। एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले फराकिलो हार व्यहोरेको छ ।यूएईमा भएको खेलमा नेपाल भारतीय युवा टोलीसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७ ओभर १ बलमा विकेट नगुमाई पूरा गर्यो ।
सहजै विजयी लक्ष्य पूरा गर्ने क्रममा आर्शिन कुल्कर्नीले ४३ र आदर्श सिंहले १३ रन जोडे । यसअघि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न नसकेपछि नेपाल २२ ओभर १ बलमा ५२ जोड्दा अलआउट भएको थियो ।
भारतका लागि राज लिम्बानीले ९ ओभर १ बलमा ३ मेडन राख्दै ७ विकेट लिए ।यससँगै भारत प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ भने नेपाल जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।नेपालले यसअघि पाकिस्तान र अफगानिस्तानविरुद्ध पनि पराजय व्यहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १५ : ०३
लेखकबाट थप