केबीएल सेक्युरिटिजले थाल्यो धितोपत्र कारोबार​

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, ११ : ४५
केबीएल सेक्युरिटिजले थाल्यो धितोपत्र कारोबार​

काठमाडौं। केबीएल सेक्युरिटिज लिमिटेड (शेयर ब्रोकर नम्बर ९४)ले औपचारिकरुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ ।कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले यही मङ्सिर २५ गते सोमवार एक कार्यक्रमकाबीच कम्पनीको कारोबार शुभारम्भ गरेका हुन् ।

 

उक्त कार्यक्रममा केबीएल सेक्युरिटिज लिमिटेड तथा कुमारी बैंक सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

कारोबार शुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

केबीएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

प्रतिक्रिया दिनुहोस