काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद २१ औं दोहा फोरममा सहभागी हुन कतार प्रस्थान गरेका छन् । मन्त्री साउद शनिबार बिहान ७ः४५ बजेको कतार एयरलाइन्सको उडानमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात आइतबारदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउने छन् । साथै उच्चस्तरीय भेटघाटको क्रममा हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको रिहाइको पहल पनि गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ ।
कतारमा मन्त्री साउदले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिन जोशीको बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ । मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ मंसिर २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा