काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीनमहिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको रिटमा आज सुनुवाइ हुँदै
जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव
जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
जसपाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई पठायो
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी