काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।
आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरूपमा भएको परिवर्तनअनुसार मधेश प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताए ।
'प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेश प्रदेशको सरकार पनि परिवर्तन हुन्छ,' अध्यक्ष नेपालले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
महाधिवेशनपछि पार्टीको गति बढ्यो : माधव नेपाल
पार्टी फुट्ने हल्लामा सत्यता छैन : माधव नेपाल