काठमाडौँ । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ लेखेको छ । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेकोबारे प्राधिकरणले मङ्सिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिबद्धतासहितको जवाफ हिजो पठाएको हो ।
शेयर खरिदबिक्रीबारे एनसेलले गराएको जानकारी पत्रमा २ बुँदा उल्लेख छ । बेलायतको कम्पनीसँग भएगरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरू तदारुकताका साथ सम्बन्धित पक्षहरूबाट सङ्कलन गर्ने काम भइरहेको एनसेलले बताएको छ ।
पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने जिकिर गरिएको छ । प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिबद्धता पत्रमा जनाइएको छ ।
प्राधिकरणले शुक्रबार एनसेल आजियटालाई पत्र लेखेर शेयर खरिदबिक्रीबारे ध्यानाकर्षण भएको जनाएको थियो । दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिई शेयर बिक्री गर्ने तयारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी
एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
नवीकरण भयो एनसेल
देशभर एनसेलको नेटवर्क डाउन
एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने