एजेन्सी। युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ ।
३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बरमा विमान दुर्घटनाको भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनी विमानबाट हातमा सेल्फी स्टिक लिएर हामफालेको देखिन्छ । उनी प्यारासुटको मद्दतले सुरक्षित जमिनमा अवतरण गरेका थिए । उक्त भिडियोलाई लाखौँले हेरेका छन् ।
आफ्नो बचाउमा ज्याकबले उक्त भिडियो एउटा विज्ञापनको सम्झौता अन्तरगत तयार गरिएको जिकिर गरेका थिए । यस वर्षको सुरुवातमा भने उनले फेडरल जाँचलाई अवरोध पुर्याएको स्वीकार गरेका थिए ।
ज्याकबले सामाजिक सञ्जाल र समाचारमा आफ्नो कभरेज बढाउनुका साथै आर्थिक लाभ लिन यो हर्कत गरेको अभियोजकहरुको भनाई छ । यस्तो व्यवहार सह्य नहुने उनीहरूको भनाई छ ।
सन् २०२१ को नोभेम्बरमा क्यालिफोर्नियाको सान्टा बारबरा विमानस्थलबाट एउटा विमानमा क्यामरा जडान गरेर उडान भरेका थिए । उनको उद्देश्य गन्तव्यमा पुग्ने भन्दा पनि बिच बाटोमा नै विमान दुर्घटना गराउने रहेको थियो । उडानको ३५ मिनेटपछि ज्याकब विमानबाट हामफालेका थिए । विमान लस पाडरेस नेसनल फरेस्टमा दुर्घटनाग्रस्त भएको थियो । उनी पछि विमान दुर्घटना भएको स्थानमा पुगेर क्यामरा लिएर हिँडेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष
विमान दुर्घटना मामिलामा मुआन विमानस्थल र जेजु एयरको कार्यालयमा छापा
कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
बैंकक नजिक विमान दुर्घटनाग्रस्त, सवार ९ जनाकै मृत्यु
विमान दुर्घटनाका ११ शव परिवारले बुझे