काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा तत्काल कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । यूएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर फर्केपश्चात त्रिभुवन विमानस्थलमा पत्रकारमाझ उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।
नेपाल फर्किनेबित्तिकै मन्त्रीमण्डल हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले तत्काल हेरफेर नहुने बताएका छन् । उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’
आफ्नो युएई भ्रमण अभूतपूर्व सफल भएको र नेपालले चौतर्फी प्रशंसा कमाएको प्रधानमन्त्रीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड