जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्छौँ : मन्त्री ज्वाला

सफल खबर संवाददाता

शनिबार, १६ मंसिर २०८०, १२ : ३३
जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्छौँ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरूको भुक्तानी गर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले  गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरूको भुक्तानी दिए मात्रै अर्थतन्त्र चलायमान हुने बताए ।

अहिले पनि अर्थतन्त्र सङ्कटमा रहेको बताउँदै उनले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भने पनि अर्थतन्त्र सङ्कटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गरे । उनले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुनेमा जोड दिए ।

मन्त्री ज्वालाले लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको र लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताए । 

प्रतिक्रिया दिनुहोस