जनसंख्या मन्त्रालयको चौमासिक प्रगति समीक्षा यस्तो

रासस

आइतबार, ०९ पुस २०७४, १९ : ५८
जनसंख्या मन्त्रालयको चौमासिक प्रगति समीक्षा  यस्तो


काठमाडौँ । जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गतका निकायहरुको समग्र भौतिक प्रगति ५२।३२ प्रतिशत र वित्तीय प्रगति ३३।५३ प्रतिशत रहेको पाइएको छ ।
जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका निकायहरुको आज बसेको प्रथम चौमासिक समीक्षा बैठकमा सो जानकारी दिइएको हो ।
बैठकमा मन्त्री चैधरीले आव २०७४र०७५ को प्रथम चौमासिक अवधिमा केही कार्यक्रमहरुको प्रगतिको अवस्था सन्तोषजनक र केहीको निरासाजनक रहेको बताउँदै आवको बाँकी समयमा लक्षित कार्यक्रम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
उनले कार्यक्रमहरु कार्यान्वयन तहमा आइपरेको कठिनाइ समाधानका मन्त्रालयको तहमा वा अन्तर निकायगत तहमा समन्वयका लागि आफू तयार रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव प्रकाश माथेमाले प्रथम चौमासिक अवधिमा सम्पादित भएको कामहरुको समग्र मूल्याङ्कन सन्तोषजनक रहे पनि बाँकी अवधिमा थप सजगताका साथ कार्यक्रमहरु सम्पादन गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस