काठमाडौँ । गत निर्वाचनबाट मधेशमा उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीको साङ्गठनिक गतिविधि अगाडि बढाउने भएको छ । जनमतको सचिवालयले सङ्गठन विस्तार गर्न र सशक्त सङ्गठन निर्माण गर्न आगामी वैशाखसम्म प्रदेश अधिवेशन टुङ्ग्याउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष राउतका अनुसार मंसिर १५ देखि माघ १५ सम्म सबै वडा अधिवेशन पूरा गर्नुपर्नेछ । त्यस्तै माघ १५ देखि फागुनसम्म सबै पालिका र फागुन २० सम्ममा सबै वडा र पालिकाहरूको प्रक्रिया पुर्याइ गरिएको अधिवेशनको आधिकारिक माइन्युटको प्रतिलिपि सचिवालयलाई पठाउनुपर्ने निर्णय गरिएको छ ।
यस्तै चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय भएको उनले बताए । पार्टीका सबै तहका पदाधिकारी, नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीले निर्णय गरेर पठाएको कार्यतालिकालाई पालन गर्दै सङ्गठन विस्तार तथा अधिवेशनका कार्यक्रमहरू गर्न निर्देशनसमेत दिइएको अध्यक्ष राउतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन
जनमतले माग्यो सभामुखको राजीनामा
कोशी र लुम्बिनी प्रदेशको नाम परिवर्तनको पहल गर्ने जनमतको निर्णय