जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका-१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोमा घाम ताप्नुका फाइदा, उच्च रक्तचाप नियन्त्रणदेखि डिप्रेशनको उपचार
बुटवलमा अत्यधिक चिसोः विद्यालय ३ दिन बन्द
मधेशमा अत्याधिक चिसो: धेरैजसो विद्यालय बन्द, बालबालिका र वृद्धवृद्धा मारमा
यी हुन् चिसोबाट बच्ने उपाय
चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध
चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह