काठमाडौं । मलेसियाको आजियाटा ग्रुप बर्हार्ड नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने भएको छ । नेपालमा व्यावसायिक चुनौती बढेकोले बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले जानकारी दिए ।
सञ्चालक समितिले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको हो । एनसेलमा आजियाटाको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।
एनसेलले आफ्नो व्यवसाय विस्तार हुन नसकेको र आम्दानी घट्दै गएको कारण देखाउँदै आजियता बाहिरिने लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी
एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
नवीकरण भयो एनसेल
देशभर एनसेलको नेटवर्क डाउन
एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने