प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

रासस

आइतबार, ०९ पुस २०७४, १८ : ३२
प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री बद्रीनारायण बस्नेतकी ७१ वर्षीया धर्मपत्नी पूर्णमाया बस्नेतको निधनमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री एवम् सभापति देउवाका तर्फबाट पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री देउवाले बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सभापति, पूर्वमन्त्री एवं पूर्व सांसद बस्नेतकी ७१ वर्षीया धर्मपत्नीको आज विराटनगरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस