काठमाडौ । एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले गर्न लागेको शक्ति प्रदर्शनको कारण काठमाडौँका धेरैजसो शैक्षिक संस्था आज बन्द भएका छन्।
दुई समूहको प्रदर्शनको कारण यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन्।
युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा आज दिउँसो प्रदर्शन गर्ने तयारी छ।
सरकारले दिएका कतिपय सार्वजनिक बिदाका दिनसमेत चल्ने गरेका काठमाडौँका नाम चलेका केही निजी विद्यालयलेसमेत आज विद्यार्थीलाई स्कुल नआउन भन्दै सूचना जारी गरेका छन्।
एकअर्काबीच आरोप-प्रत्यारोप गरिरहेका दुई समूहबीच झडप हुनसक्ने आकलन गरी काठमाडौँ उपत्यकाभरि नै आज विशेष सुरक्षा व्यवस्था मिलाइएको सरकारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण इटहरीमा विद्यालय बन्द
गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द
देशभरका आधाभन्दा बढी सामुदायिक विद्यालयको अवस्था हरिबिजोग
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
वीरगन्ज महानगर क्षेत्रका विद्यालय तीन दिन बन्द