काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६०६ वटा परकम्प गइसकेको छ ।
आज बिहान ६ बजेसम्म जाजरकोट भूकम्पका ६०६ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।
कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ घण्टामा ११० परकम्प, प्रत्येक आधा घण्टामा सरदर १० परकम्प