बेइजिङ । चीनमा पुनः कोरोना सङ्क्रमण फैलिएको छ । अक्टोबर महिनामा चीनमा सङ्क्रमणका २०९ वटा केसहरू देखापरेका हुन् ।यस दौरान सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि चिनियाँ अधिकारी हरले उनीहरूको मृत्यु कोरोनाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्याबाट नभएको स्पष्ट पारेका छन् ।
यी मृत्युहरू कोरोना र अन्य रोगका कारण भएको र यसमा कोरोना सङ्क्रमणबाट जिम्मेवार नभएको उनीहरूको भनाई छ । चीनमा पछिल्लो वर्ष डिसेम्बरमा कोरोना सङ्क्रमण बढेको थियो ।त्यतिबेला चीनका स्वास्थ्य अधिकारीहरूले केही महिनाभित्र ८० करोड मानिस कोरोनाबाट सङ्क्रमित भएको आशङ्का जताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
कोरोनाको केपी भेरियन्ट : सङ्क्रामक तर कम घातक, दीर्घरोगीलाई सतर्कता अपनाउन आग्रह
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि