काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि तयार पारेको छ । तयार कार्यविधि अनुसार आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्नेछ ।
आयोगका अनुसार यो प्रक्रिया शुरु भइसकेको छ र पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गर्ने तयारी छ ।
सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठा छाप संकलन गर्ने आयोगले जनाएको छ । आयोगका अधिकारीहरुका अनुसार कुटनीतिक नियोगकै कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने गरी कार्यविधि तय गर्न खोजिएको छ ।
‘मतदाता नामावली दर्ता गर्ने प्रयोजनको लागि कुटनीतिक नियोगको कार्यालयमा दर्ता स्थल राख्दा नागरिकको सहज पहुँच, वैविक विवरण लिन उपयुक्त स्थानलाई चयन गर्नु पर्नेछ’ कार्यविधिको बुँदा नम्बर ७ मा छ । यसका लागि सम्बन्धित देशको कुटनीतिक नियोगले आवश्यक समन्वय गर्ने र आवश्यकताका आधारमा घुम्ति शिविर समेत सञ्चालन गर्न सक्ने भनिएको छ ।
साथै, विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने पनि आयोगको कार्यविधिमा उल्लेख छ ।
मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने विदेशमा रहेका नेपाली नागरिकले श्रम स्वीकृति लिएको हुनुपर्ने छ । अनलाइनबाट नाम दर्ता गर्दा वा कूटनीकि नियोगमा पुगेर नाम दर्ता गर्दा सम्बन्धित देशको लागि प्राप्त गरेको प्रवेशाज्ञा वा श्रम स्वीकृति अनिवार्य गरिएको छ ।
अनलाइनबाट नाम दर्ता गर्दा पनि यसको फोटो अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । विदेशमा रहेका नेपालीहरुको नामावली संकलनको सम्बन्धमा अनुगमन गर्न केन्द्रीय समन्वय तथा अनुगमन समिति रहने भनिएको छ ।
निर्वाचन आयोगका सचिवको संयोजकत्वमा हुने समितिमा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालयका सहसचिव समेत सदस्यका रुपमा रहन्छन् । केन्द्रीय समन्वय तथा अनुगमन समितिले विदेशमा रहेका नेपालीहरुको नाम मतदाता नामावलीका दर्ता गर्ने कार्यका लागि सहजीकरण गर्ने छन् ।
दूतावासका कर्मचारीलाई आवश्यक पर्ने तालिमको व्यवस्था गर्ने लगायतका कर्तव्य समेत तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली
उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति